कास्कीगण्डकीसमाचार

धादिङ-पाेखरा समाजको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन गरेको छ ।

कार्यक्रम शुभारम्भ गर्दैै पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले धादिङ समाजसँग आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

उनले धादिङ समाजका बारेमा आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै समाजले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरे ।

अन्तर समाज महासंघ नेपालका कोषाध्यक्ष युगमराज अगस्तीले महासंघमा आवद्धमध्ये धादिङ समाज उत्कृष्ट संस्था भएको उल्लेख गरे ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले धादिङ समाजले सामाजिक एवं मानवीय सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार रामकृष्ण दुवाडी, धादिङ त्रिपुरा बाराही महिला समूहकी सचिव रचना अधिकारी, धादिङ क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजका अध्यक्ष बुद्धराज बस्याल, कार्यक्रम संयोजक तेजबहादुर नेपाली लगायतले बोलेका थिए ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डे (राजु)को अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गाेकर्ण लम्सालले धन्यवाद ज्ञापन, वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ (सरु)ले स्वागत र कार्यक्रम सञ्चालन महासचिव हरि पन्तले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button