कास्कीगण्डकीसमाचार

पोखरामा हुने अनलाइन पत्रकारिता तालिमको तयारी तीब्र

पोखरा, २८ चैत । अनलाइन पत्रकार संघ गण्डकीले आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म आयोजना गर्ने अनलाइन पत्रकारिता तालिमको तयारी तीब्र पारेकाे जनाएकाे छ । मंगलबार बसेको संघको बैठकले तालिम संयोजकसहित विभिन्न ६ वटा उपसमितिहरु पनि गठन गरेको छ ।

संघका अध्यक्ष गणेश बराललाई संयाेजक चयनका साथै तालिमलाई व्यवस्थित र थप उपलब्धिमुलक बनाउन अध्यक्ष बरालकै संयोजकत्वमा रोहित बस्नेत र निरज बसौला सदस्य रहेको यातायात, आवास, खाना तथा अतिथि व्यवस्थापन उपसमिति चयन गरेको छ ।

त्यस्तै, उपाध्यक्ष सन्तोष बस्यालको संयोजकत्वमा सचिव प्रल्हाद चन्द्र घिमिरे र कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) सदस्य रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन उपसमिति, सचिव प्रल्हाद चन्द्र घिमिरेको संयोजकत्वमा कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) र सुरेशराज अधिकारी सदस्य रहेको प्रतिवेदन लेखन उपसमिति गठन गरेको छ ।

त्यस्तै, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) को संयोजकत्वमा सञ्जय आचार्य र प्रविण मगर सदस्य रहेको अर्थ व्यवस्थापन उपसमिति चयन गरेकाे छ । तालिम संचालनका क्रममा आइपर्ने विविध समस्या तत्काल समाधान गर्नका निम्ति संघका कार्यसमिति सदस्यहरु ऋषिराम दाहाल, दिपकराज गिरी, शिव न्यौपाने, शेखर कोइराला र सरिता गुरुङ रहेकाे क्विक रेस्पोन्स टीम बनाइएकाे छ ।

संस्थाका सल्लाहकार रञ्जन अधिकारीको संयोजकत्वमा सागरराज तिमिल्सिना र प्रकाश ढकाल सदस्य रहेको तालिम सहभागी व्यवस्थापन एवं मूल्यांकन उपसमिति गठन गरिएको छ । याे समितिले तालिम लिनेहरूकाे छनाैट तथा उपसमितिकाे कार्य मूल्यांकन एवं अनुगमन गर्नेछ ।

पोखरामा रहेर अनलाइन पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजना गर्न लागिएको तालिममा पत्रकार आचारसंहिता, तथ्य जाँच, अनलाइन पत्रकारिता र लेखनवृत्ति सम्बन्धी सेशनहरु रहने संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए। तालिम पोखराको सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button