कास्कीगण्डकीसमाचार

गण्डकीसहितका ३ वटा प्रदेशमा आज पानी पर्ने

पोखरा, २९ चैत । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

बुधबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button