कास्कीगण्डकीसमाचार

पोखरामा आजदेखि ३ दिने अनलाइन पत्रकारिता तालिम

पोखरा, ०२ वैशाख। अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आजबाट ३ दिने अनलाइन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । तालिमको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।

तालिमको सम्पुर्ण तयारी पुरा भएको संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए । पोखराको साइमन पार्टी प्यालेसमा सञ्चालन हुने तालिममा अनलाइन पत्रकार संघ गण्डकीका सम्पुर्ण सदस्यहरुलाई अनिवार्य सहभागिताको आगि अनुरोध गरिएको र पोखरामा रहेर अनलाइनमा क्रियाशिल पत्रकारहरुले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष गणेश बरालले जानकारी दिए ।

तालिममा प्रेस काउन्सील नेपालबाट पत्रकार आचारसंहिताका सम्बन्धमा रामशरण बोहोरा, तथ्य जाँचका विषयमा दिपक अधिकारी(काठ्माण्डौ), कन्टेन्ट राइटिङका विषयमा भरत कोइराला र डिजिटल जर्नालिज्मका विषयमा केशवशरण लामिछानेका छुट्टाछुट्टै सेसनहरु सञ्चालन हुनेछन् ।

तालिममा सहभागि हुन संघले उपलब्ध गराएको फारम  भर्नुपर्ने छ । फारम भर्नको लागि लिंकमा क्लिक गर्नुहोला ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button