कास्कीगण्डकीमुख्य खबरसमाचार

पोखरामा विमान दुर्घटनास्थल नजिकैको खोँचमा खसेर बालिकाको मृत्यु

पोखरा, ०२ चैत । पोखराको सेती खोँच नजिकै भ्वाङमा खसेकी बालिकाको मृत्यु भएको छ ।

माघ १  मा यतिको विमान दुर्घटना भएको ठाउँ नजिकैको खोचमा खसेकी पोखरा – ८ नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुलीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकका अनुसार  पराजुलीलाई खोचमा खसेको झण्डै २ घण्टापछि उद्धार गरेर हस्पिटल पठाइएकोमा  चिकित्सकले जाँच्ने क्रममा मृत घोषणा गरेका हुन्  ।

शनिबार दिउँसो ३ बजेतिर पोखरा १५ स्थित सीताराम हाउजिङको चौरमा खेलिरहेकोमा स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् ।

दिउँसो ३ बजेतिर बच्चा खोँचमा खसेको जानकारी भएपछि प्रहरी टोलीले  पराजुलीको अचेत अवस्थामा उद्धार गरेको  थियो  ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button