पोखरा, ०७ वैशाख । पोखरामा ल्याण्डफिल साइटमा फोहोर पुर्ने क्रममा डोजरले च्यापिदा चालकको मृत्यु भएको छ ।
पोखराको लामेआहालमा रहेको अस्थायी ल्याण्डफिल साइटमा फोहोर पुर्दापुर्दै ग १ ग १३४ नम्बरको बुल डोजरले च्याप्दा रामबजार निवासी अन्दाजी ६२ वर्षीय मुसाफिर दासको मृत्यु भएको हो ।
कास्की प्रहरीका अनुसार बिहीबार साँझ सात बजेको समयमा डोजर अनियन्त्रित भएर पल्टिदा मुसाफिरको घटनास्थल मै मृत्यु भएको हो ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ ।