पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन ।
मंगलबार संघको चौथो वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रत्यासी रोहित राज पराजुलीलाई चार मतान्तरले पछाडि पारेका हुन । जम्मा २० मतमा कोइरालाको पक्षमा १२ र पराजुलीको पक्षमा ८ मत खसेको थियो । कोइराला आदर्श समाज राष्ट्रिय दैनिकका सम्पादक हुन् ।
यस्तै उपाध्यक्षमा विशन क्षेत्री, सचिवमा तारा दुबे , कोषाध्यक्षमा उमा आले र सदस्यहरुमा युवराज श्रेष्ठ,उमेश पुन,युवराज गुरुङ,ऋषिराम बराल निर्विरोध चयन भएका छन् ।