कास्कीगण्डकीसमाचारस्वास्थ्य

रुपा गाउँपालिकामा नेलम्बोको निःशुल्क दन्त शिविर

पोखरा, ७ जेठ    । गैह्रापाटनमा रहेको नेलम्बो नेपालले कास्कीको रुपा गाउँपालिकामा ५ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।

रुपा गाउँपालिकाको समन्वयमा वडा नं. ५ देउरालीमा रहेको श्री विश्व शान्ति माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा ३०३ जनाले उपचार लिएका छन् ।

सो शिविरमा दन्त परीक्षण, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको एकसरे, गिजाको उपचार दाँतको जरै देखि उपचार (आर.सी.टी) र औषधी वितरण गरिएको थियो ।

उक्त शिविर वडा नं. ५ का वडा अध्यक्ष राजन खनालको सभापतित्वमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज आोझाको प्रमुख आथित्यतामा कार्यक्रम सञ्चालन भएको हो ।

उक्त दन्त शिविरमा डा.सिजन मर्सानीको नेतृत्वमा ८ जनाको टोली उपचारमा संलग्न रहेको थियो ।

नेलम्बो नेपालसँग दन्त शिविरलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिक उपकरण जडित मोबाइल डेण्टल भ्यान रहेको र सम्पूर्ण उपचारको व्यवस्था पनि भ्यान भित्र नै रहेकोले दन्त शिविर प्रभावकारी र फलदायी रहेको उपचारमा संलग्न सेवाग्राहीहरूले बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नेलम्बो नेपालसँग पहिलेको वर्षहरूमा पनि निःशुल्क दन्त शिविरहरू सञ्चालन गरेको र सेवा निकै प्रशंसनीय रहेकोले नेलम्बो नेपालसँग सहकार्य गरी शिविर सञ्चालन गरेको बताए ।

त्यसैगरी कार्यक्रमका सभापति राजन खनालले आफूले धेरै प्रकारका शिविरहरू देखेको र यस्तो विशिष्ट प्रकारको सुविधा सम्पन्न शिविर अहिले सम्म नदेखेको बताए ।

उक्त शिविरमा उपचार गराइएका बिरामीहरूलाई फलो अप गरी पुनः उपचार पनि रहेको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button