समाचार

खतिवडाको नेतृत्वमा एनआरएन ताबुक साउदी अरबको नयाँ कार्यसमिति

साउदी, ०८ जेठ । गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरबको अध्यक्षमा नर बहादुर खतिवडा चयन भएका छन् ।

साउदी अरेबियाको मदिना रोडमा सम्पन्न समितिको छैटौँ अधिवेशनले खतिवडाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष द्वयमा युवराज पौडेल र ओम थापा चयन भए । त्यसै गरी समितिको सचिवमा बुद्धि प्रसाद बास्तोला, सह-सचिवमा ज्ञान भक्त खड्का, कोषाध्यक्षमा दीपक कार्की र सह-कोषाध्यक्षमा प्रकाश थापा चुनिएका छन् ।

समितिको युवा संयोजकमा विक्रम तिमिल्सिना र प्रवक्तामा शक्ति भट्ट चयन भएका छन् ।

समितिको सदस्यहरूमा सुमन कार्की, विकास झा, राजेश सिरपाली, आई बि गुरुङ, अप्सरा बुढाथोकी रहेका छन् । त्यसै गरी समितिका थप सदस्यहरूमा सावित्री बन, राज कुमार अधिकारी, रेशम थापा, रमेश गुरुङ, देवी कार्की र निलेश घिमिरे चयन भए ।

भक्त बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ७० जना दाजुभाइ तथा दिदी-बहिनीहरूको उपस्थिति रहेको सचिव बुद्धि प्रसाद बास्तोलाले जानकारी दिए ।

सचिव बास्तोलाका अनुसार नव निर्वाचित समितिले आगामी दिनका लागि क्षेत्रीय स्तरको भलिबल तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, प्रवासी श्रमिकहरूको समस्या तथा समाधान बारे छलफल गर्ने, राजदूतावासको समन्वयमा नेपाली राहदानी नवीकरणको कार्यक्रम गर्ने, सदस्यहरू थप गर्ने नीति ल्याउने र समितिका भावी योजनाका बारेमा छलफल गर्ने लगायतका कार्य योजना तयार पारेको छ ।

अर्जुन थापाले वार्षिक कार्य प्रगतिको प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव युवराज पोखरेलले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button