संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाम भरि सडक खन्न नपाइने जनाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडकको अवस्था बिग्रदै जाने भएकाले खन्न रोक लगाइएको सूचनामा जनाइएको छ ।
कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही हुने पनि सूचनामा उल्लेख गरिएको छ ।