सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ ।
पूर्व बाल सैनिक लेलिन विष्टले माओवादी युद्धमा आफू जस्ता बाल सैनिक प्रयोग गरेको तथा युद्धविरामपश्चात अयोग्य ठहर्याई लडाकु शिविरबाट निकालेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न नमानेपछि विष्टले दरपीठविरुद्ध निवेदन दिएका थिए ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।