समाचार

अनलाइन दुर्व्यवहार गर्ने स्याङ्जाकी ४२ वर्षीया महिला पक्राउ

निजी तस्वीर तथा भिडियोमा अनाधिकृत पहुँच कायम गरि अनलाइन दुर्व्यवहार गर्ने ४२ वर्षीया महिला पक्राउ परेकी छिन् ।

पीडित महिला र एक पुरुषबीच साटासाट भएका अन्तरङ्ग मेसेजमा पहुँच पुर्याई पीडितको भाउजुलाई मेसेज पठाउने, हैरानी दिने तथा चरित्रहत्या गरेको आरोपमा स्याङ्जा पुतलीबजार १३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई विद्युुतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा स्याङ्जाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button