समाचार

आजको मौसम : पूर्वबाट मनसुन प्रवेश गर्दै, आंशिक प्रभाव पर्ने

जल तथा मौसम विज्ञान विभागले आज देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्पयुक्त हावा र बिहार आसपास भएको न्यूनचापिय क्षेत्रको आंशिक प्रभाव रहने जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा प्रवेश गरेकाले छिटै वर्षा गराउने प्रणालीहरु सक्रिय हुने जनाइएको छ । यससँगै देशभर बढेको अत्यधिक गर्मीबाट सर्वसाधारणले राहत पाउने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button