
पोखरामा विद्यालयको छतबाट खसेर एक छात्रा घाइते भएकी छन् ।
पोखरा महानगरपालिका-८ मा रहेको निलगिरी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत चाहत शाह विद्यालयको छतबाट खसेर घाइते भएकी हुन् । बिहानी सेसनको कक्षा पढ्न गएकी उनी कसरी खसिन् भन्ने बारे यकिन भइसकेको छैन ।
१५ वर्षीया शाहको मणिपाल अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख वेद जोशीले जानकारी दिएका छन् ।
घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।