
पोखराको नीलगीरि बोर्डिङ स्कुलको छतबाट खसेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।
आइतबार बिहानी सत्रको ट्युसन कक्षा पढ्न गएकी पोखरा ८ बगालेटोल बस्ने १५ वर्षीया चाहत शाह विद्यालयको छतबाट खसेकी थिइन् । गम्भीर घाइते शाहलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।
उनी कसरी खसिन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतको बिहार मोतीहारी घर भएकी शाह कक्षा ८ मा अध्ययनरत थिइन् ।