गण्डकीसमाचार

गोरखामा यात्रुवाहक बस दुर्घटना : १२ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

चितवनको नारायणगढबाट गोरखाको आरुघाटका लागि छुटेको ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर गोरखा नगरपालिका-८ ढुङ्गागाढेमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका गोरखा नगरपालिका-१४ का २७ वर्षका कमल पन्त र आरुघाट गाउँपालिकाका ५५ वर्षका खड्गबहादुर घलेलाई चितवनको भरतपुर मेडिकल कजेलमा रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ ।

बाकिँ १० जना घाइतेको भने अवस्था सामान्य रहेको र गोरखा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उक्त बस अनियन्त्रित भई सडक छेवैको भित्तामा ठोक्किएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button