गण्डकीसमाचार

लमजुङमा रेस्टुरेन्टबाट सात जुवाडे पक्राउ

लमजुङमा रेस्टुरेन्टमा जुवा खेल्दै गरेका सात जना पक्राउ परेका छन् ।

लमजुङको दोर्दी गाउँपालिका–४ स्थित नौथर शेरामा रहेको एवान रेस्टुरेन्टमा सञ्चालित जुवा खालबाट ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कुमार राना, लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ, प्रेम कुमार राना, केश राना र घरधनी पर्शुराम गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ७६ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास पनि बरामद गरेको छ ।उनीहरुले मोबाइल बैंकिङबाट रकम भुक्तानी गरेको भेटिएको त्यसतर्फ पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button