गण्डकीसमाचार

पहिरोले बेशीशहर चामे सडकखण्ड अवरुद्ध

बुधबार निरन्तर वर्षा पछि आएको पहिरोले बेशीशहर चामे सडकखण्ड अवरुद्ध भएको छ ।

लमजुङको बेशीशहर नगरपालिका-६ स्थित खरखरे भीरमा ठूलो पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोले ठूलाठूला ढुङ्गाहरु सडकमा खसेका छन् भने सडकको खण्ड भासिएर नदी किनारमा पुगेको छ । खरखरे भीरलगायत सिम्पानी, आँगेमा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ ।

अवरुद्ध सडक खुलाउन डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयको स्काभेटर, डोजरले प्रयास भइरहेको जनाइएको छ । उक्त स्थानमा विगतमा पनि पहिरो गएर यात्रुले नियमित सास्ती खेप्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button