गण्डकीसमाचार

स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँसहित मनाङका युवक पक्राउ

स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँसहित मनाङका एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा सञ्चालन भएको हिमालयन हस्तकला पसलबाट मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई आज पक्राउ गरिएको हो । उनको साथमा प्राप्त भएको रकम हुन्डीको भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button