समाचार

आजको मौसम : विभिन्न स्थानमा वर्षाको सम्भावना, सडकदेखि हवाई यातायात प्रभावित हुनसक्ने

जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ । आज वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरु प्रभावित हुन सक्नेछ ।

विभागका अनुसार हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । अहिले देशैभरि आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । रहेको छ ।

विभागको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि विभागले जनाएको छ ।

विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी देशका केही स्थानहरूमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी, बाग्मती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले मेघ-गर्जन र चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button