कास्कीगण्डकीसमाचार

पोखरामा दुई फरार प्रतिवादी पक्राउ

पोखरामा विभिन्न कसुरमा दोषी करार भई फरार भएका दुई प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैंकिङ कसूर मुद्दामा १ महिना कैद र २० लाख जरिवाना फैसला भई फरार रहेका पोखरा महानगरपालिका-३१ नहरचोक बस्दै आएका ३६ वर्षीय हरि नेपाली रहेका छन् ।

यसैगरी मुस्ताङको थासाङ-३ घर भई हाल पोखरा बस्दै आएका ३३ वर्षीय नविन गौचनलाई पनि पक्राउ गरेको छ । गौचनले जुवातास मुद्दामा २४ दिन कैद सजाय र १६ सय जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बिहीबार नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अदालत बुझाइएको पनि प्रहरीले उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button