गण्डकीसमाचार

लमजुङ केन्द्रविन्दु बनाएर चार रेक्टर स्केलको भूकम्प

लमजुङ केन्द्रविन्दु बनाएर  शुक्रबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान करिब ५:५५ बजे लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन । पछिल्लो समय नेपालको मध्य र पश्चिमी पहाडी क्षेत्रमा लगातार भूकम्प गइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button