पोखरा महानगरले सात अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार पोखरा सभागृहमा आयोजित १३ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेकी हुन् । महानगरको आयको स्रोतमा संघीय सरकारको अनुदानबाट सर्वाधिक २ अर्ब ७६ करोड ३२ लाख, आन्तरिक आयबाट २ अर्ब २७ करोड, संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख तथा प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार रहेको छ ।
महानगरले व्ययतर्फ पुर्वाधारमा विशेष प्राथमिकता दिँदै २ अर्ब, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, वडाहरूका लागि ७२ करोड ६० लाख विनियोजन गरेको छ ।