समाचार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएर निवास फर्केका छन् । मुटुमा समस्या देखिएपछि असार २ गते अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल बुधबार दिउँसो डिस्चार्ज भएका हुन् ।

पौडेल त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । त्यहाँ उनको मुटुमा पेसमेकर जडान गरिएको थियो ।

राष्ट्रपति पौडेलको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button