समाचार

यस्ता छन् प्रचण्ड सरकारका ७७ उपलब्धि 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो ६ महिनाको उपलब्धिहरु सार्वजनिक गरेको छ ।

२८ विभिन्न मुख्य विधामा सरकारले हासिल गरेका ७७ उपलब्धि समेटिएको छ जसमा संविधान कार्यान्वयन र  संघीयता सुदृढीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, वित्तीय संघीयता, लगानी प्रबर्द्धन, भ्रष्टाचार नियन्त्रण र सदाचार प्रबर्द्धन लगायत रहेका छन् । यसैगरी खानेपानी, उर्जा तथा जलस्रोत, सडक पूर्वाधार, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा हासिल उपलब्धि पनि समेटिएको छ ।

लगानी प्रबर्द्धनतर्फ दुई सय ७४ परियोजनामा साढे ३४ अर्ब बढीको लगानी सुनिश्चितता तथा ९५४.३ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना १६७.५ अर्ब लगानी स्वीकृति भएको जनाइएको छ । खानेपानीतर्फ मेलम्ची आयोजनाबाट बार्है महिना खानेपानीको व्यवस्था गरिएको र १ लाख ६६ हजार थप जनसंख्यालाई प्रशोधित खानेपानी उपलब्ध गराइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तितर्फ नेपाल-भारत पारवहन सन्धि संसोधनसहित नवीकरण, पाँचखाल औद्योगिक ग्रामलाई महिला उद्धमी विशेष ग्रामका रुपमा सञ्चालन तथा दुर्गम जिल्लाका ६१ स्थानमा ७२ हजार मेट्रीक टनभन्दा बढी आयोडिनयुक्त नुनको ढुवानी भएको जनाइएको छ । सडक पुर्वाधारतर्फ काठमाडौं-तराई द्रुतमार्गको २३.४५ प्रतिशत प्रगति, थप पाँच यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याइएको उपलब्धि उल्लेख गरिएको छ ।

सम्पूर्ण विवरण तलको फाइलमा हेर्न सकिनेछ :

six month report card

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button