समाचार

महाभीरमा पहिरो, पोखरा-बाग्लुङ सडक अवरुद्ध

पर्वतको मोदी गाउँपालिका-६ महभीरमा सडकमाथिबाट पहिरो खस्दा मध्यपहाडी राजमार्गको पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध बनेको छ ।

माथिबाट पहिरोसहित ठूलाठूला ढुङ्गाहरु खस्दा सडक आवागमन खुलाउन लामो समय लाग्नसक्ने जनाइएको छ । वर्षा जारी रहँदा सडक खुलाउन समस्या भएको पर्वत ट्राफिकले जनाएको छ ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट पश्चिमतिर पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङतर्फ जान लागेका सवारीसाधन नयाँपुलमा रोकिएका छन् । पोखरातर्फ जान लागेका लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button