
माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने गोरखाकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्दै आएकी २९ वर्षीया सुष्मा तामाङ रहेकी छिन् । प्रहरीका अनुसार उनले माल्टा पठाइदिन्छु भनेर तामाङले सञ्जय गिरीसँग पटकपटक गरी ५ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । तामाङलाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।