६ यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको ९एन-एमभी कलसाइन भको हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्नेमा सवा १० बजेबाटै सम्पर्कविहीन भएको जनाइएको छ । हेलिकप्टर लुक्लाबाट बिहान १० उडेको थियो ।
हेलिकप्टरमा पाँच विदेशी यात्रुसहित एक नेपाली पाइलट रहेको जनाइएको छ ।