
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।
उनको आज बिहान ८:३३ बजे काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
अस्पतालका प्रवक्ता सोमनाथाका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि दाहाललाई विहान अस्पताल ल्याइएको र उपचारको क्रममा निधन हुन पुगेको हो ।
अस्पतालले लामो समयदेखि बिरामी अवस्थामा रहेकी उनको निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।
अस्पतालमा अहिले प्रधानमन्त्री प्रचण्डलगायत माओवादीका शीर्ष नेता पुगेका छन्।
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उनको २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने छ ।