जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास स्थानमा रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । अहिले कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ मधेस प्रदेशका केही र बाकिँ प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।