समाचार

पोखरामा तयार भयो आयल निगमको १० हजार किलोलिटरको डिजेल भण्डारण गृह

पोखरामा नेपाल आयल निगमले १० हजार किलोलिटरको डिजेल भण्डारण गृह तयार गरेको छ ।

सोमबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरामा पेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजनाअन्तर्गत नव निर्मित १० हजार किलोलिटर डिजलको भण्डारण गृह तथा अग्नि सुरक्षा संयन्त्र निर्माणको समुद्घाटन गरेका थिए । निगमले ३ वर्ष अघि शुरु गरेको भण्डारण गृह निर्माणकार्य करिब  एक अर्ब रुपैयाँको लागतमा सम्पन्न भएको हो ।

निर्माण सम्पन्न भएसँगै अब गण्डकी प्रदेशमा डिजेल भण्डारण क्षमता एक महिनालाई धान्न पुग्ने भएको छ । भण्डार गृहमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार भएका छन् भने सम्भावित आपतकालका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको छ । उक्त ट्याङ्कको निर्माण व्यवसायी समानान्तार-रेलिगियर-भारत ट्यांकस जोइन्ट भेन्चरले गरेको हो ।

कार्यक्रममा बोल्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले झापामा क्रस बोर्डर पाइप लाइन, अमलेखगन्जदेखि चितवनको लोथरसम्म आन्तरिक पेट्रोलियम पाइललाइन निर्माण तथा विभिन्न स्थानमा डिपो बनाउने योजनाहरु पनि सार्वजनिक गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button