पोखरा महानगरले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
पोखरा महानगर भित्रका विभिन्न संस्थागत विद्यालयमा तोकिएको आरक्षित कोटामा अध्ययन गर्नका लागि असार ३० छात्रवृत्ति परीक्षा सञ्चालन गरिएको थियो । परीक्षाको नतिजा अनुसार विज्ञान संकायतर्फ १३६ विद्यार्थी, व्यवस्थापनतर्फ १४० विद्यार्थी, होटल व्यवस्थापनतर्फ ४९ विद्यार्थी र कानुन/मानविकी/ चित्रकलातर्फ ९ विद्यार्थी छनोट भएका छन् ।
विज्ञान संकायमा २८ विद्यालय, व्यवस्थापनतर्फ ४९ विद्यालय, होटल व्यवस्थापनतर्फ २१ विद्यालय तथा कानुन/मानविकी/ चित्रकलातर्फ ५ विद्यालयले छात्रवृत्ति दिने भएका छन् । छनोट भएका विद्यार्थीलाई साउन ४ गते भित्र छात्रवृत्ति परीक्षाको प्रवेशपत्रसहित पोखराको ड्यामसाइडमा रहेको शिक्षा महाशाखामा स्वयम् उपस्थित भई सिफारिस पत्र लिन पनि महानगरले अनुरोध गरेको छ ।