समाचार

महानगरसँंग मापदण्डविपरीत बनेका घर भत्काउने अधिकार छ – मेयर आचार्य

पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरभित्र मापदण्डविपरीत बनेका घर तथा भवनहरु भत्काउनेसम्मको अधिकार महानगरसँग रहेको बताएका छन् ।

मापदण्ड विपरीत निर्माण गरिएका घर तथा भवनहरू अनिवार्य रूपमा अभिलेखीकरण आवश्यक रहेकामा प्रमुख आचार्यले जोड दिए । महानगर क्षेत्रमा निर्माण भएका तर मापदण्ड भन्दा बाहिर रहेका सवै खाले घर तथा भवनहरूको अभिलेखीकरण अनिवार्य रहेको उनले बताए ।

महानगरपालिकाले हाल अभिलेखीकरणका लागि आह्वान गरेको जनाउँदै उनले अटेर गरे भत्काउने अधिकार समेत रहेको स्मरण गराए । महानगर भित्र यस्ता हजारौं भवन रहेको उनको भनाई थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button