देश/समाजप्रदेशसमाचार

विराटनगरका लागि उडेको जहाज आकस्मिक अवतरण

पोखरा । बुद्ध एयरको जहाज विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

आइतबार काठमाडौबाट बिराटनगर जादै  गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो ।

विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिए ।

उक्त जहाजमा  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सवार रहेका थिए । बिमानमा चालक दलसहित ७० जना यात्रु रहेका थिए ।

दिउसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ नै उडेको खत्रीले बताए ।  विमान आधा घण्टापछि बिराटनगरमा अवतरण भइसकेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button