देश/समाजसमाचार

पोखराका मेयर आचार्य एकीकृत समाजवादीको सचिवमा लड्दै

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा उम्मेद्वारी दिएका छन् ।

पार्टीको १८ जना पदाधिकारीसहित पोलिटव्यूरो सदस्य निर्वाचनको प्रक्रियाबाट छनोट गर्ने भएपछि आचार्यले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

निर्वाचनले ८४ जना पोलिटव्यूरो सदस्य निर्वाचित गर्नेछ । जसका लागि अहिले निर्वाचन प्रक्रिया जारी छ । दिउँसो २ बजेसम्म निर्वाचन चल्ने सो पार्टीले जनाएको हो ।

आचार्य सो पार्टीका पूर्व कास्की जिल्ला अध्यक्ष हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button