विश्वसमाचार

मुना पाण्डेको हत्या अभियोगमा शाह पक्राउ

पाेखरा । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ ।

भोजपुरकी २१ वर्षीया पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको थियो ।

प्रहरीले पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको छ ।

गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो ।

प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको छ । साथै सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ ।

त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button