गण्डकीदेश/समाजसमाचार

तीज पर्वले हुँदा खाने र हुने खाने बीचको विभेद हटाउनुपर्छ : सांसद पहारी

पोखरा । गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले हुँदा खाने र हुने खाने बिचमा रहेको विभेद हट्ने गरी तीज पर्व मनाउनु पर्नेमा जोड दिएकी छन् ।

पोखरा महानगरपालिका वडा नं ६ बैदामस्थित नमूना आमा समूहले १६औँ स्थापना दिवस तथा हरितालिका तीजको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सांसद पहारीले यस्तो बताएकी हुन् ।

महिला दिदीबहिनी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै उनले चुला चौकामा मात्र सीमित नभई आफू आत्मनिर्भरसहित आर्थिक स्तर उकास्नका लागि अग्रसर बन्नुपर्ने खाँचो औंल्याइन् ।

समाजका कुसंस्कृति र संस्कारलाई चिर्दै मौलिकता अँगाल्दै नेपाली पन झल्कने गरी तीज मनाउन उनले आग्रह गरिन् ।

समूहकी सल्लाहकार गोमा ढकालले तीज पर्व मनाउने क्रममा यदाकदा हुने घटनाले समाजमा नकारात्मक धारणामा बन्ने गरेको भन्दै यसलाई चिरेर अघि बढ्नुपर्ने बताइन् ।

समूहकी अध्यक्ष जुना अधिकारीको महिला दिदीबहिनीको हकहित लागि सदैव तयार रहने भन्दै दुःख, पिरमर्कालाई बिर्सने गरी तीज पर्व मनाउनु पर्नेमा जोड दिइन् ।

सल्लाहकार गणेश पहारीले समाजमा मौलिक लोकसंस्कृति जगेर्ना गर्ने र गीतमार्फत युवामा सामाजिक सन्देश प्रवाह हुने गरी तीज मनाउनुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नं ६ महिला समन्वय सञ्जालका अध्यक्ष बबीता मल्लले तीजलाई दिदीबहिनी हर बिचको मित्रताको माया बढाउने पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिइन् ।

समूहकी संस्थापक अध्यक्ष मीठुदेवी अधिकारीले भड्किलो रहित संस्कृतिको जगेर्ना हुने गरी तीज पर्व मनाउनु पर्ने स्पष्ट पारिन् ।

समाजसेवी खिनी तिमिल्सिनले सामाजिक संस्कारको नाममा महिला दिदीबहिनी बिच हुने विभेदको अन्त्य गर्ने गरी तीज गीतमार्फत आवाज उठाउन सल्लाह दिइन् । कार्यक्रम सञ्चालन सदस्य पवित्रा कंडेलले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button