गण्डकीदेश/समाजसमाचार

कास्की कांग्रेसद्वारा राजनीतिक विशेषज्ञ वृत्त गठन, ६ जना समेटिए

पोखरा । नेपाली कांग्रेस कास्कीले राजनीतिक विशेषज्ञ वृत्त गठन गरेको छ । राजनीतिक विशेषज्ञ वृत्तमा अशोक पालिखे, भोला थापा, तीर्थ श्रेष्ठ, विश्व सिग्देल, शंकर देवकोटा र शकुन्तला गुरुङ छन् ।

पार्टीको हालै बसेको बैठकले यससम्बन्धमा निर्णय गरेअनुसार सो निर्णय कार्यान्वयनमा आएको सभापति किशोरदत्त बरालले जानकारी दिए ।

पार्टीलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिनका लागि विशेषज्ञ वृत्त बनाइएको हो ।

विशेषज्ञ वृत्तमा समाजका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्व समेटिएको सभापति बरालले बताए ।

‘जीवनको महत्वपूर्ण समय, ज्ञान, सीप र अनुभवले खारिएका व्यक्तित्वको उपस्थिति र सक्रियताले कास्की कांग्रेस पार्टी थप उर्जाशील बन्ने अपेक्षा लिएका छौँ’, सभापति बरालले भने ।

उनले थपे, ‘विगतमा पार्टीको विभिन्न तहमा रही समाजमा सम्मानित जीवन बनाएका उहाँहरुको अनुभवले पार्टीमा नयाँ रक्तसञ्चार गर्ने अपेक्षा छ ।’

पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगीत क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको पार्टीका सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button