कोशीदेश/समाजसमाचार

माछा मार्न गएका बेला चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नं ४ मा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button