गण्डकीदेश/समाजसमाचार

मनाङमा आज बिहानै गयो भूकम्प

पोखरा । गण्डकी प्रदेशको मनाङमा आज बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अनुसार आज बिहान ३ः४७ बजे मनाङकाे थोचे आसपास केन्द्रबिन्दु बनाएर ४दशमलव२ म्याग्निच्युडको भूकम्प गएको हाे।

मनाङ भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको बताइएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button