देश/समाजसमाचार

आज शनिप्रदोष व्रत गर्ने दिन, के-के गर्नुपर्छ ?

पोखरा । त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ ।

प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ ।

यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। शनिबारका दिन प्रदोष व्रत परेकाले शनि प्रदोष व्रत भनिएको हो ।

प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ ।

प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्ने र व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन गर्नु हुँदैन ।

पूजा थालीमा अबीर, चन्दन, कालो तील, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्नुपर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button