देश/समाजबागमतीसमाचार

गोठालो जाँदा चट्याङ लागेर माझीको मृत्यु

सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु मरिण गाउँपालिका वडा नं ७ बाह्रबिसेका ६५ वर्षका चन्द्रबहादुर माझी छन् ।

आज दिउँसो करिब २ बजे गोठालो जाँदा चट्याङ लागेर माझी गम्भीर घाइते भएका थिए ।

माझीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा २ः२५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनको शव पोष्टमार्टका लागि जिल्ला हस्पतालमा राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button