देश/समाजसमाचार

बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार तुलसाको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट शनिबार साँझ एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम माईनगरपालिका-४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्र १-०२-०२ ख ००३५ नंको यात्रुवाहक बसले बाटोक्रस गर्दै गरेको प्र १-१-०१३ प ५७०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी गम्भीर घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक कन्काई नगरपालिका-३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका-४ कै ठिरप्रसाद सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button