कोशीदेश/समाजसमाचार

अंगालो हालेको अवस्थामा तीन र डेढ वर्षीया दिदीबहिनी मृत फेला

मोरङ । मोरङको एक जंगलमा दुई जनाको शव भेटिएको छ । जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ बेलगाछीमा एकै घरका दुई बालिकाको शव भेटिएको हो ।

उनीहरू स्थानीय अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ घाँस काट्न आउनेले केराबारी जङ्गलमा मृत बालिका फेला पारेका हुन् । प्रहरीका अनुसार मृत बालिकाकी आमा र बालिका शुक्रबार साँझदेखि बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा बव फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ ।

उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । बेपत्ता आमाको पनि खोजी भइरहेको र घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button