गण्डकीदेश/समाजसमाचार

हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीमा गौतम, गण्डकीमा थापा

पोखरा । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको अध्यक्षमा किशोरप्रसाद गौतम निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल छन् ।

यसैगरी कार्यसमिति सदस्यमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम छन् ।

भीमसेन क्षेत्री संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यता, गण्डकी प्रदेश हेभी इक्युपमेन्ट अपरेटर संघको प्रथम भेलाले कास्कीका प्रेमबहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । नवगठित संघको प्रदेश समितिको उपाध्यक्षमा बाग्लुङका गणेशबहादुर क्षेत्री, महासचिवमा म्याग्दीका देवेन्द्र चोखाल र कोषाध्यक्षमा कास्कीका गुरुप्रसाद धमला छन् ।

यसैगरी प्रदेश कार्यसमिति सदस्यमा म्याग्दीका अवतार शर्मा, गोरखाका कुमार श्रेष्ठ, मुस्ताङका सुवोध गौचन, पर्वतका हरिप्रसाद भुसाल र सन्दीप पौडेल छन् । प्रदेश समिति विशेष सल्लाहकारमा श्यामनन्द शर्मा र सुशीलकुमार वाग्ले शर्मा छन् ।

यसअघि भेलाको उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीका अध्यक्ष टंकराज बरालले निर्माण व्यवसायी र अपरेटको सम्बन्ध नङ र मासुको जत्तिको रहेको चर्चा गरे ।

अपरेटरका समस्या समाधानका लागि संघ प्रतिवद्ध रहेको बरालले बताए । “निर्माण व्यवसायी र अपरेट फरक हुन् भन्ने सोच्नु आवश्यक छैन, व्यवसायी र अपरेटर सँगै हिँड्ने छौँ”, बरालले भने ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले अपरेटले व्यवसायीबाट पाउनुपर्ने पारिश्रमिकलगायतका समस्या भए संघमा जानकारी गराउन आग्रह गर्दै संघले २४ घण्टाभित्रमा समाधान गर्ने प्रतिवद्धता जनाए ।

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं भेला संयोजक सुशील वाग्ले, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्की सचिव भीम केसी, अटोवेज प्रालिका प्रेमराज पौडेल, कुश्मा-१२ का वडाध्यक्ष झलकप्रसाद रिमाल, अपरेटर संघ स्याङ्जा अध्यक्ष दीपेन्द्र शर्मा, म्याग्दी अध्यक्ष देवेन्द्र चोखाल, बाग्लुङका अध्यक्ष गणेश श्रेष्ठ, संघ कास्कीका सचिव किशोरप्रसाद गौतम, संघका सदस्य एवं कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेल, संस्थाका पूर्वउपाध्यक्ष एवं संघ कास्कीका सदस्य उमानाथ आचार्यलगायतले बोलेका थिए ।

कार्यक्रममा संघलाई सहयोग गर्ने सहयोगदाता तथा आजीवन सदस्यलाई सम्मानित गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button