गण्डकीदेश/समाजसमाचार

तनहुँमा जीप दुर्घटना, ६ जना घाइते

तनहुँ । ऋषिङ गाउँपालिका-१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् ।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button