गण्डकीदेश/समाजसमाचार

गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगितामा बागलुङ प्रथम

पोखरा । पोखरामा भएको सातौँ गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगितामा जिल्ला कृषि सहकारी संघ बागलुङ प्रथम भएको छ । प्रथम हुन सफल बागलुङले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त परेको छ ।

प्रतियोगिता पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले संयुक्तरुपमा आयोजनामा गरेको हो ।

यस्तै म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नं ६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नं ७ तृतीय भएका छन् ।

द्वितीय हुन सफल म्याग्दीले २० हजार र तृतीय हुन सफल तनहुँको बेदकालिका कृषक समूहले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राइनास नगरपालिका वडा नं ३ र पर्वतको विहादी आइपिएम कृषक समूहले सान्त्वना स्थान हासिल गरेका थिए । दुवै समूहलाई पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा निर्णायकमा संगीतकार नवराज बराल, कलाकार शान्ति डोटेल, कृष्ण अकेली र कृषि प्रचार अधिकृत विनोद शर्मा थिए ।

विजयी टोलीलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

जिल्लाबाट छनोट भएका समूहलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा ग्राण्ड फिनालेका लागि पोखरा बोलाइएको थियो ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले गरेका थिए ।

कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा टेलिभिजनका माधव पनेरुले स्वागत, कृषि विकास निर्देशनालय र कृषि तथा भूमि ब्यवस्था मन्त्रालयका महिला कर्मचारीले तीज गीत प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक पाण्डेले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button