गण्डकीसमाचार

पोखरामा तायमचा नृत्य प्रतियोगिता, समाज कल्याण नेवाः खल: प्रथम

पोखरा । लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा-३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवाः खल पोखरा-३० दोस्रो, रुपा देउराली नेवाः खल तेस्रो तथा मिलीजुली नेवाः खल पोखरा-३३ बागमाराले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन नेवाः खल पोखराकी स्मारिका श्रेष्ठ, वेशभूषामा समाज कल्याण नेवाः खल पोखरा-३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवाः खलकी सोनिसा श्रेष्ठ पुरस्कृत भइन् । प्रतियोगितामा विभिन्न नौ समूहले प्रतिस्पर्धा गरेका थिए ।

तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुुपर्नेमा जोड दिए ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवाः खलका सचिव शरणकुमार प्रधानलगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button