खेलकुदगण्डकीशिक्षासमाचार

पोखरास्थित न्यु ग्यालेक्सी स्कुलमा त्रिदिवसीय खेलकुद प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत बास्केटबल, फुटसल, भलिबल, चेस, ब्याडमिन्टन र टेवलटेनिस भएको थियो । त्रिदिवसीय प्रतियोगितामा विद्यालयको कक्षा ११ र १२ का सबै संकायका विद्यार्थी सहभागी थिए ।

प्रतियोगिताअन्तर्गत चेसतर्फ कक्षा ११ का स्वरुप तिवारी प्रथम, सन्दीप दाहाल द्वितीय र प्रज्ज्वल खड्का तृतीय भए ।

यस्तै छात्र व्याडमिन्टनतर्फ कक्षा ११ का अविनाश कुँवर प्रथम, कक्षा १२ का रमेश गुरुङ द्वितीय तथा छात्रातर्फ कक्षा ११ की मिनुष्का पुन प्रथम र अर्चना फगामी द्वितीय भए ।

टेवलटेनिस छात्रमा कक्षा ११ का रोहित ठाकुर प्रथम, कक्षा १२ का निशान्त रानामगर द्वितीय र संगम घिमिरे तृतीय भए भने छात्रातर्फ कक्षा १२ की प्रतीक्षा सुवेदी प्रथम र कक्षा ११ की खुसी भुसाल द्वितीय भए ।

यसैगरी भलिबल छात्रतर्फ निशानबहादुर थापाको समूह प्रथम, सागर सुनारको समूह द्वितीय तथा छात्रातर्फ समीक्षा गर्बुजा पुनको समूह प्रथम र करूणा थापाको समूह द्वितीय भयो ।

छात्र भलिबलमा क्रिस मल्ल ठकुरी उत्कृष्ट खेलाडी घोषित भए भने क्षितिज कुमाल उत्कृष्ट स्पिकर, खासिङ राना उत्कृष्ट डिफेन्स, सागर सुनार उत्कृष्ट ब्लकर, विकल कुमाल उत्कृष्ट लिफ्टर घोषित भए ।

यस्तै छात्रतर्फ समीक्षा गर्बुजा पुन उत्कृष्ट खेलाडी र अञ्जना छन्त्याल उत्कृष्ट डिफेन्डर घोषित भइन् ।

बास्केटबलतर्फ छात्रमा रविन गर्बुजाको समूह प्रथम, एलिशान पुनको समूह द्वितीय भयो भने छात्रातर्फ समीक्षा गर्बुजा पुनको समूह प्रथम र करुणा थापाको समूह द्वितीय भयो ।

बास्केटबलमा बुद्धबहादुर पुन उत्कृष्ट खेलाडी घोषित हुँदा समित पुन सर्वाधिक अंक प्राप्त गर्ने, रविन गर्बुजा उत्कृष्ट रिबाउण्डर सुवास गुरुङ उत्कृष्ट फिल्ड घोषित भए ।

यस्त्तै फुटसल छात्रमा अहम्मद राजाको समूह प्रथम, सुयोग भण्डारीको समूह द्वितीय भयो । फुटसल छात्रामा सजना खत्रीकमे समूह प्रथम र अञ्जली थापाको समूह द्वितीय भएको विद्यालयका खेलकुद संयोजक वीरबहादुर गुरुङले जानकारी दिए ।

विजयी खेलाडीलाई विद्यालयका प्राचार्य डा. रामजी शर्मा, सहायक प्राचार्य राजेश भण्डारी, निर्देशक राजु कायस्थ, खेलकुद संयोजक वीरबहादुर गुरुङलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्राचार्य डा. शर्माले विद्यालयमा हुने यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

निर्देशक कायस्थले विजयी खेलाडीलाई शुभकामना व्यक्त गर्दै खेलकुसँगै अध्ययनमा पनि ध्यान दिन आग्रह गरे ।

सहायक प्राचार्य न्यु ग्यालेक्सी खेलकुदमा कास्कीका विद्यालयमा उत्कृष्टमा पर्ने बताए ।

खेलकुद संयोजक गुरुङले खेलकुदमा न्यु ग्यालेक्सी स्कुल र विद्यार्थीको राम्रो लगाव रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button