गण्डकीदेश/समाजसमाचार

डुम्रे-बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ ।

यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईंले सडक माथिबाट आएको ढुङ्गामाटोसहितको पहिरो जेसिबीको सहायताले हटाएर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

सडक एकतर्फी रुपमा सञ्चालनमा आए पनि पानी निरन्तर परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन उनले आग्रह गरे ।

उक्त स्थानमा सबैभन्दा बढी पहिरो जाने भएकाले जोखिमयुक्त ठाउँका रुपमा मानिएको प्रहरीले जनाएको छ ।

यहाँ विगत तीन वर्षदेखि बर्सेनि पहिरो जाने गरेको छ । सङ्घीय सरकारको करिब रु ११ करोडमा पहिरो रोकथामको प्रयास गर्दै आए पनि काम सम्पन्न भइनसकेकाले सो स्थानमा पहिरोको जोखिम कायम नै रहेको सूचना अधिकारी चपाईंले बताए ।

लमजुङ र मनाङवासी यस खण्ड हुँदै तनहुँ-पोखरा-काठमाडौँलगायत स्थानमा जाने र आउने गर्दछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button